Logo

अर्थ

एनबी बैंकको १५.५० प्रतिशत लाभांश घोषणा



एनबी बैंकले १५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

आव २०७७७८ को नाफाबाट १२ प्रतिशत बोनस शेयर र सोमा लाग्ने करसहित ३.५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जनाएका छन् ।

नेपाल राष्ट्र बैंकको सहमति र बैंकको साधारणसभाले प्रस्ताव स्वीकृत गरेपछि सेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : आश्विन २४, २०७८ आईतबार  १२ : ०९ बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।