Logo

मनोरञ्जन

एलिना चौहानको ‘कट्टा हानिदिन्छु’ गीत युट्युबको ट्रेन्डिङमा



काठमाडौं । गायिका एलिना चौहानकाे भर्खर सार्वजनिक भएको गीत ‘कट्टा हानिदिन्छु’ सार्वजनिक भएको तेस्रो दिनमै युट्युब ट्रेन्डिङमा आउन सफल भएको छ ।

ओबी रायमाझीको युट्युब च्यानलबाट सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २ लाख ५० हजार भिउज पाउँदै युट्युब ट्रेन्डिङको तेस्रो स्थान कब्जा गर्न सफल भएको हो ।

नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत रहेको गीतमा एलिनाको अलवा सङ्गीतकार सेन्चुरीकै स्वर रहेको छ । डान्सिङ नम्बरका रूपमा सार्वजनिक गीतको भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझीको नृत्य छ ।

प्रेमिकाले प्रेमीलाई धोका दिएर कट्टा हान्ने कुरा गरिएको गीतको भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

प्रकाशित मिति : माघ १०, २०८० बुधबार  २ : २१ बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।