Logo

स्वास्थ्य

कोरोना अपडेट : देशभर १४८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १६ को मृत्यु



पछिल्लो २४ घण्टामा देशभर १४८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७८ हजार ३१२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ३१ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४० हजार ७१७ संक्रमणमुक्त भएका छन् ।

बितेको २४ घण्टामा कोरोनाबाट थप १६ जनाको मृत्यु भएकोसँगै ज्यान गुमाउनेको कुल संख्या १० हजार ९६५ पुगेको छ ।
यससँगै देशभर सक्रिय संक्रमितको कुल संख्या २६ हजार ६३० पुगेको छ ।

प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार  ४ : ५७ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।