Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरस अपडेट : ३० हजार ८०० को मृत्यु



कोरोना भाइरसको संक्रणबाट हालसम्म ३० हजार ८५५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।

मृत्यु हुनेको संख्या सबैभन्दा बढी इटालीमा १० हजार २३ पुगेको छ। जहाँ पछिल्लो २४ घण्टामा थप ८८९ जनाको मृत्यु भएको छ।

स्पेनमा ५ हजार ९८२ जनाको ज्यान गएको छ भने इरानमा २५१७, फ्रान्समा २ हजार ३१४,अमेरिकामा २ हजार २२१ जनाको मृत्यु भइसकेको छ।

संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। जहाँ १ लाख २३ हजार ४९८ जना प्रभाबित भएका छन्। अमेरिकापछि संक्रमितको दोस्रो मुलुक इटाली हो, जहाँ संक्रमितको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ।

प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार  १२ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।