Logo

प्रमुख समाचार

गोर्खा ब्रुअरीमा समाचार संकलन गर्न जाँदा पत्रकारमाथि कुटपिट



काठमाडौं । समाचार सकंलन गर्न गएका काष्ठमण्डप टेलिभिजनका पत्रकारमाथि कुटपिट भएको छ ।

आइतबार दिउसो १ बजे हात्तिसार स्थित रहेको खेतान समुहको गोर्खा बु्रअरी कम्पनीको कार्यालयमा सोधपुछ गर्न जाँदा सुरक्षा गार्डले आक्रमण गरेका टेलिभिजनका योगश पाठकले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

नेपालको प्रचलित कानुनले मदिरा तथा सुर्तिजन्य पदार्थको विज्ञापन गर्न रोक लगाएको छ । तर खेतान समुहको गोर्खा बु्रअरी कम्पनीले विगत केही महिनादेखि गैरकानूनी तथा अवैध तरिकाले काठमाडौंमा विभिन्न ठाउँहरुमा खुलेआम विज्ञापन गरिरहेको रिपोर्ट प्रसारण गरेको थियो ।

यसको नियमन गर्ने निकाय काठमाडौं महानगरपालिकाले उक्त विज्ञापन गर्न कुनै अनुमति नदिएको तथ्य बाहिरिएपछि त्यसको फलोअप रिपोर्टका लागि काष्ठमण्डप टेलिभिजनका रिपोर्टर फोमस भण्डारी र क्यामरा म्यान रमेश सिंह विष्ट आइतबार दिउँसो १ बजे कम्पनीको रिसेप्सनसँग अनुमतिमै हात्तिसारस्थित नेपालका लागि मुख्य कार्यालयमा जान खोज्दा गोर्खा बु्रअरी कम्पनी र लक्ष्मी बैंकद्वारा खटाइएका जी फोर एस कम्पनीका सुरक्षाका सुरक्षा गार्डले कुटपिट तथा गालीगलौज गर्दै प्रवेश निषेध गरेका थिए ।

दुरव्यवहारपछि टेलिभिजनबाट सहयोग गर्न गएका थप रिपोर्टरहरु लेदन राई, योगेश पाठक, ब्रज किशोर पटेल र क्यामरा म्यान राजेन्द्र तामाङलाई समेत गार्डले कुटपिट गरी तथानाम गाली गरेको टिभीले जनाएको छ ।

त्यसपछि महानगरीय प्रहरी प्रभाग दरवारमार्गबाट आएका प्रहरी टोलीले घटना सम्बन्धी सोधपुछ गरी थप छानविनको प्रक्रिया अगाडि बढाइएको बताएको छ । कम्पनीलाई कारबाही गर्ने नियमनकारी निकाय काठमाडौं महानगर भने मौन बसेको छ ।

सार्वजनिक स्थलमा खुलेआम गैरकानूनी तवरले गर्ने गरेको विज्ञापन सम्बन्धमा बुझन गएका स्वतन्त्र तथा निस्पक्ष पत्रकारलाई सुरक्षा गार्ड लगाएर गुण्डागर्दी शैलीमा भएको कुटपिट प्रति टेलिभिजनले एक प्रेस विज्ञति जारी गरेर घोर भत्सना गरेको छ ।

टेलिभिजनले देशको चौथो अंगमाथि दिनहाहाडै भएको आक्रमणको घोर निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

प्रकाशित मिति : भाद्र १५, २०७९ बुधबार  ७ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।