Logo

राजनीति

ज्ञानेन्द्र शाही कुटिएपछि दीपशिखाले भने रामधुलाई मिठो हुँदैन



नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि कु.टपिट भएको चितवनको होटेल ग्लोबलमा बसिरहेको अवस्थामा ज्ञानेन्द्र शाहीमाथि कु.टपिट भएको हो कुटपिट कसले गर्यो भन्ने खुलेको छैन ।

शाहीलाई उपचारको लागी अस्पतालमा लगिएको छ । प्रहरीले कुटपिट गर्ने ! जनालाई समातेको छ । चितवनमा गर्ने भनिएको कार्यक्रम प्रहरीले सुरक्षाको कारण देखाउदै हस्तक्षेप गरेर कार्यक्रम रोकीदिएपछि होटेलमा आराम गर्न गएका थिए ।

भरतपुर महानगरपालिकामा भएको भ्रष्टाचारको पर्दाफास गर्ने कार्यक्रम नेपाल प्रहरीले हस्तक्षेप गरेपछि बिथोलिएको थियो । चितवन चौबिसकोटी चोकमा कार्यक्रम सुरु हुनै लाग्दा प्रहरीले सुरक्षाको कारण देखाउदै कार्यक्रम गर्न दिएको थिएँ ।

ज्ञानेन्द्र शाहीको समूहले कार्यक्रम सुरु गर्नै लाग्दा अन्य समुहले ज्ञानेन्द्र शाही वि.रुद्ध कार्यक्रम स्थलमै नाराबाजी गर्न थालेपछि प्रहरीले कार्यक्रम रोकिएको थियो ।

यसैबीच नेकपाको भातृसंगठन रास्ट्रिय युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटा दीपशिखाले शाही कुटिएको बिषयमा फेसबुकबाट प्रतिक्रिया दिएका छन् । उनले फेसबुकमा लेखेका छन् जहाजभित्र भएपनि माईक्रोभित्र भएपनि रामधुलाई मिठो हुँदैन !

राजावादी ज्ञानेन्द्र शाहीलाई थप उपचारको लागि काठमाडौं पठाइयो

अज्ञात समूहको आ.क्रमणबाट घाईते भएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौंमा पठाइएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो । शाहीलाई यति एयरलाइन्सको अन्तिम फ्लाईटमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

शाहीलाई आज दिउँसो भरतपुरको चौबिसकोठीस्थित ग्लोबल होटलमा अज्ञात समूहले कु.टपिट गरेका थिए । शाहीले आफुलाई भ.ष्ट्राचार बिरोधी अभियान्ता भन्दै आएका थिए । प्रहरीका अनुसार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आ.क्रमण हुँदा शाही घाइते भएका थिए । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ ।

प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार  १ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।