Logo

प्रमुख समाचार

दरबार हत्याकाण्ड र गौर हत्याकाण्डकाे नयाँ शिराबाट छानबिन गर्नुपर्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतका सबै विभत्स घटनाहरुको नयाँ शिराबाट छानबिन गर्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदको संगको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सांसदको जवाफ दिँदै दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड, मदन–आश्रित घटना काण्डको पनि नयाँ शिराबाट छानबिन गर्नुपर्ने बताए ।

‘विगतका जति पनि विभत्स घटनाहरु घनेका छन् । दरबार हत्या काण्ड, गौर हत्याका काण्ड र मदत–आश्रिाको बारेमा पनि नयाँ शिराबाट छानबिन गर्नुपर्छ’, उनले भने, ‘यसका लागि हामी सबैले गम्भीर रुपले विचारविमर्श गरेर उपयुक्त बाटो अबलम्बन गर्नुपर्छ ।’

प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार  २ : ०९ बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।