Logo

खेलकुद

प्रधानमन्त्री कप : आज आर्मी र कर्णाली तथा पुलिस र मधेस प्रदेश खेल्दै



काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज समूह ‘ए’ का त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र मधेस प्रदेशबीच खेल हुनेछ ।

आर्मी र कर्णालीको खेल मूलपानी मैदानमा तथा पुलिस र मधेस प्रदेशको खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । समूह ‘ए’ बाट एपिएफ ४ खेलमा ७ अङ्कका साथ सेमिफाइनलमा पुगेको छ । यो समूहमा गण्डकी ४ खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ ।

आर्मी ३ खेलमा ४ अङ्कका साथ तेस्रो स्थानमा छ । आज आर्मीले कर्णालीलाई हराउन सकेमा सेमिफाइनलमा पुग्नेछ तर हारेमा गण्डकी प्रदेश सेमिफाइनलमा पुग्नेछ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

पुलिस एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । आजको खेलले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ । मधेस ३ खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ । मधेस पहिलो पटक सेमिफाइनलमा पुगेको हो । 

प्रकाशित मिति : कार्तिक २२, २०७९ मंगलबार  ८ : १० बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।