Logo

राजनीति

बलात्कारी जतिसुकै वर्षपछि पहिचान भए पनि कारबाहीको भागीदार हुन्छ : नैनसिंह महर



काठमाडौँ । बलात्कारी जतिसुकै वर्षपछि पहिचान भए पनि कानुन अनुसार कारबाहीको भागीदार हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन् । राजधानी काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले न्याय पाउनका लागि पीडित छटपटाउनु कानुनी राज्यको उपहास हुने बताए ।

सौन्दर्य प्रतियोगिताका आयोजकले एक युवतीलाई बलात्कार गरेको समाचार सार्वजनिक भएपछि महरको उक्त धारणा आएको हो । समस्यामा परेकालाई न्याय दिनु राज्यको पहिलो दायित्व र धर्म भएको उनले बताए ।

‘अहिले संसद चलिरहेको छ । यस्ता घटनाप्रति संसदको पनि ध्यानाकृष्ट गराउन चाहन्छु । यो समाजमा जतिबेला जोसुकैको जीवनमा पनि घट्ने घटना भएकाले सबै सजग हुनुपर्छ’, उनी भन्छन्, ‘कानुनी राज्यमा कानुनको पालना हुनुपर्छ । दोषी उम्किन पाउनु हुँदैन । यी किशोरीले यति लामोसमयसम्म मुख खोल्न किन सकिनन् । उनलाई दिइएको दबाब र धम्कीको पनि अनुसन्धान हुनुपर्छ ।

कानुनी कारबाही नभए अपराधिमा थप दम्भ बढ्ने उनी बताउँछन् । ‘अपराधिलाई कारबाही भएन भने उसको आत्मबल थप बढ्छ । र, उसले आफ्नो अपराध लीलालाई बढाउँदै लग्छ। त्यसैले अपराधिमाथि चाँडो कारबाही गर्न म सरकारसँग माग गर्छु’, उनी भन्छन् । महिलालाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार कानुनले सुनिश्चित गरेको महरको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०७९ शनिबार  ६ : ५२ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।