Logo

धर्म / संस्कृति

राशिफल: मीन राशीलाई आज विशेष दिन, वृषलाई व्यापारबाट लाभ



काठमाडाैं ।  ५ फागुन २०७८ बिहीबार । तद्नुसार फेब्रुवरी १७ तारिक २०२२ । फागुनकृष्णपक्ष प्रतिपदा तिथि, मघा नक्षत्र, चन्द्रमा सिंह राशिमा छ । आज विहान सूर्योदय ६ः४२ मा भएकाे छ भने सूर्यास्त १७ः५५ मा हुनेछ । आजको देवता र ग्रहदेव दुवै चन्द्र छ । विहीबारको दिन अध्ययन, अनुसन्धान र शैक्षिक र सिर्जनात्मक कामका लागि उपयुक्त दिन हो ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक र धार्मिक कार्यमा लाग्नु भएका व्यक्तिलाई मानसम्मान मिल्नेछ । आफूभन्दा उच्चव्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईंको मनमा नयाँ कामका लागि उत्साह जाग्नेछ । तपाईंले आजको दिन शुरुवात गरेको काम यसै साताभित्र सम्पन्न हुनेछ । आजको दिन रचनात्मक कामको शुरुवात गर्न पनि सक्नुहुनेछ ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारबाट लाभ हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन कुनै अध्यात्मयात्राबाट तपाईंका लागि फाइदा पुग्नेछ । 

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा शुभ हुनेछ । तपाईंले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम  गर्नु पर्नेछ । आजको दिन अनावश्यक आरोप पनि लाग्न सक्छ ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकका लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । व्यापामा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययन अध्यापनमा नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको फाइदा हुनेछ । आजको दिन कुनै नयाँ पुस्तकको अध्ययन गर्दा रचनात्मक सोच बढ्नेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकले हरेक बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईंलाई अनावश्यक विवाद हुनसक्छ । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित कामबाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन । चन्द्रमाको साथ रहेकोले शुभ कार्य गर्नसक्नुहुनेछ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातकका लागि आजको दिन यात्राको लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन कुनै देवीमन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सोचअनुसार काम हुनेछ । व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईंलाई फाइदा हुन्छ । तपाईंमा धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनबाट समेत सहयोग हुनेछ । बृद्ध र बालकलाई केही खानेकुरा दिनु उत्तम हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : तपाईंले आज सूर्योदयको दर्शन गरेर दिनको कार्य शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईंले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । परिवारमा हुने विवादले समस्या हुनसक्छ त्यसैले धैर्य र मौन रहनु नैं वेश हुनेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : परिवार तथा आफन्तजनको  साथ सहयोगले तपाईंको कार्य योजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । नियमित काममा ध्यान दिनुहोला ।  साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन तपाईको अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ ।    

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : व्यापार व्यवसायबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । परिवारभित्र  तपाईले गरेको कामबाट खुसीयाली छाउने छ । आजको दिन कुनै आश्रयस्थलमा पुगेर बृद्धहरुलाई खानेकुरा दिनुभयो भने तपाईको लागि निकै फाइदा हुनेछ । सत्कार्यले मन र वचन पवित्र हुनेछ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहीबारका दिन मीन राशिमा जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । सकारात्मक सोच, आफनो नियमित काम र अध्ययन अनुसन्धानको कामको शुरुवातको लागि मीन राशिका व्यक्तिका लागि बिहीबार विशेष दिन हो । आजको दिन शिवालयको दर्शन गर्दा तपाईंको मनमा हर्ष छाउनेछ ।

प्रकाशित मिति : फाल्गुन ५, २०७८ बिहीबार  ७ : ४८ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।