Logo

खेलकुद

राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २२ खेलाडीलाई बाेलाइयाे



काठमाडौं । हङकङमा हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा २२ खेलाडीलाई बोलाइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार बन्द प्रशिक्षणमा बाेलाइएका खेलाडीको नाम सार्वजनिक गरेको हो ।

क्यानको सोमबार बसेको बोर्ड बैठले हङकङक क्रिकेट संघको आयोजनामा हुन लागेको शृंखलामा नेपाली महिला टोलीलाई पठाउने निर्णय गरेको थियो । शृंखला कात्तिक २९ देखि मंसिर ३ सम्म हुनेछ ।

यी हुन् बन्द प्रशिक्षमा बोलाइएका खेलाडी

रुबिना क्षेत्री, सीता राना मगर, ज्योति पाण्डे, कविता जोशी, सबनम राई, अस्मिना कर्माचार्य, इन्दु बर्मा, खुशी डंगोल, विन्दु रावल, कृतिका मरासिनी, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, सोमु विष्ट, रोमा थापा, अप्सरी बेगम, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, सम्झना खड्का, मनिषा चौधरी, रुबी पोदार

प्रकाशित मिति : कार्तिक २१, २०८० मंगलबार  १२ : १२ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।