Logo

अर्थ

शेयरबजार झण्डै १० अंकले घट्यो



आज शेयर बजार झण्डै १० अकंले घटेकाे छ ।

शेयरबजार पछिल्लो समय लगातार बढिरहेको थियाे भने आज घटेको छ । पुस १६ गतेदेखि बढ्न थालेको बजार झण्डै तीन सय अंक उकालो लागेपछि आज सामान्य १० अकंकाे गिरावट आएको हो ।

नेप्से आज १० दशमलव ७८ अंकले घटेर दुई हजार नौ सय ३६ दशमलव ६६ विन्दुमा पुगेकाे छ ।

आज उत्पादन समूहको शेयर एक सय ८६ अंकले, विकास बैंकको एक सय ३०, माइक्रो फाइनान्स ८९, फाइनान्स समूह ६९, जीवन बीमा समूह एक सय ९८ र निर्जीवन बीमा समूहको शेयर एक सय ७८ अंकले गिरावट भएकाे छ । आज बैंकिङ समूहको शेयर भने २२ अंकले वृद्धि भएकाे छ ।

आज एक करोड ६० लाख कित्ता शेयर आठ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएका छन् भने सबैभन्दा धेरै अपी पावर कम्पनीको २८ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएकाे थियाे । मानुषी लघुवित्त कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ ।

समग्र बजार घटेर राताम्मे भएपनि साम्लिङ पावर कम्पनीको शेयर साढे नौ प्रतिशत र मध्ये भोटेकोशी जलविद्युत कम्पनीको शेयर आठ प्रतिशतले वृद्धि भएकाे छ ।

प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार  ४ : ४७ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।