Logo

प्रमुख समाचार

शेरबहादुर देउवा कहिल्यै पनि निर्वाचनबाट प्रधानमन्त्री भएका छैनन् : केपी ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवा अहिलेसम्म जतिपटक प्रधानमन्त्री भए पनि चुनाव जितेर नभएको बताएका छन् ।

२०५२ सालदेखिको इतिहास कोट्याउँदै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देउवा पार्टीभित्रको जालझेल र अदालती तिकडमबाट प्रधानमन्त्री भएको आरोप लगाए ।

शुक्रबार नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रतिक्षमा बोल्दै ओलीले सो कुरा बताएका हुन् ।

‘शेरबहादुर देउवाले जसरी अहिले प्रधानमन्त्री जितेर ल्याउनुभयो अदालतबाट । ०५२ सालमा पनि उहाँले नै त्यसैगरी जितेर ल्याउनु भएको हो । ‘उहाँ कहिल्यै पनि निर्वाचनबाट प्रधानमन्त्री बन्नु भा छैन । पार्टीभित्रको जालझेल होस् कि देशभित्र वा संसदभित्रको जालझेल वा अदालतको जालझेल र तिक्डमबाट मात्रै हुनुभएको छ’। ओलीले भने ।

प्रकाशित मिति : असार ४, २०७९ शनिबार  ३ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।