Logo

अर्थ

हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्न हिमाल दोलखा हाइड्रो साधारणसभा बस्दै 



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १३ औं र १४ औं वार्षिक साधारण सभा एकैसाथ हुने भएको छ । शुक्रबार हुन लागेको सभाले १ः०.७५ को अनुपातमा ७५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । 

साथै आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने एजेन्डा रहेको छ । त्यस्तै, आ.व. २०७८÷७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पेश हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले २६ साउनमा बुक क्लोज गरिसकेको छ । तसर्थ, २५ साउनसम्म कायम सेयरधनीले मात्र सभामा उपस्थित हुन पाउनेछन् । 
 

प्रकाशित मिति : भाद्र ३, २०७९ शुक्रबार  ११ : ११ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।